Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

थाइल्यान्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल, लगानीका लागि आह्वान

थाइल्यान्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल, लगानीका लागि आह्वान

बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् ।

    बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबिच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।

    images

    नेपाल र थाइल्यान्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ । पछिल्लो दशमा थाइल्यान्डले विकास गरेको प्रविधि, हासिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरूका कारण अहिले समृद्ध मुलुकहरूमध्ये एक थाइल्यान्ड पर्दछ ।

    थाइल्यान्डले सिकेका ज्ञान, सीप र हासिल गरेको नवीनतम प्रविधिहरू नेपालमा भित्र्याउनसके र थाइल्यान्डका लगानीकर्ताहरूले नेपालमा लगानी गर्नसके नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने उनले बताए ।

    नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानुन पनि संशोधन गरेको विषयमा पनि जानकारी गराए। थाइल्यान्डका व्यवसायीहरूले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरूमा लगानी गर्न इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    नेपाल—थाइल्यान्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रूपमा राम्रो रहेको छ । थाइल्यान्ड बौद्धमार्गी देश भएकाले पनि बहुसङ्ख्यक बौद्धमार्गीहरु बुद्ध जन्मिएको देश नेपालको लुम्बिनी भ्रमणमा आउने गर्दछन् । यसको फरक किसिमको सद्भाव र सम्मान छ । त्यसले पनि पर्यटनबाट लगानी भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ ।

    थाइल्यान्डका व्यवसायीहरूले नेपालमा लगानीका लागि कृषि र प्रविधिका विषयहरूमा बढी जोड दिइरहेका छन् । नेपालमा रहेका उद्योगी छाता संगठनहरुको निरन्तरको प्रयास र पछिल्लो समय सरकारले लगानीका लागि कानुन संशोधन गरी बनाएको अनुकूल वातावरणको प्रभावले धेरै लगानीकर्ताहरु आकर्षित हुने सरकारको विश्वास रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार