Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली आफ्नै जहाजबाट म्यानमार जाने

मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली आफ्नै जहाजबाट म्यानमार जाने

मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ ।

    मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो । गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

    images

    नेपाल सरकारको विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर जहाज म्यानमार जानेछ ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार हवाई जहाज ढुवानीको खर्च अर्थ मन्त्रालयबाट वायु सेवा निगमको नाममा निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    सरकारले नेपाली सेनाको चिकित्सक टोलीलाई पनि म्यानमार पठाउने निर्णय गरेको छ । सेनाको आफ्नै जहाजबाट अत्यावश्यक मेडिकल सामग्रीसहित सेनाको टोली म्यानमार जाने गुरुङले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार