Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एफएनजे यूके शाखाको अधिवेशन जुलाईमा

एफएनजे यूके शाखाको अधिवेशन जुलाईमा

शनिवार, जेठ १९ २०८१
  • लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको अधिवेशन आउने जुलाईमा हुने भएको छ । शाखाको सदस्यताका लागि निवेदन परेका मध्येबाट ४० जनाको नाम सिफारिस भएपछि उनीहरुबिचको चुनाव जुलाईमा हुने भएको हो । 
    एफएनजे यूके शाखाको अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बिहीबार बेलुका सम्पन्न कार्यसमिति बैठकले पुरानो सदस्यता नविकरण गर्ने नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० जनाको आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
    कूल ७० जनाको आवेदन मधयेबाट तोकिएको मापदण्ड पुरा भएका ४० जनातालाई सदस्यको निम्ति योग्य घोषणा गरिएको हो । बैठकले शाखाको छैटौँ अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।
    कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरू चयन गर्ने जिम्मा शाखाका निवर्तमान अध्यक्ष खपांगीमगरलाई दिइएको छ । नयाँ कार्यसमितिको निर्वाचनका लागि पनि बैठकले नरेश खपांगीमगरलाई संयोजक तोकेको छ ।
    शाखाको सदस्य स्वीकृति हुनेहरुमा ध्रुवराज अर्याल,  डा. जगन्नाथ कार्की, गोमा राना, देवराज, आचार्य चिरन, दिनेशकुमार परियार, विश्वासदीप तिगेला, नरेश खपांगीमगर, मिलन शर्मा,नारायण पौडेल गाउँले, श्यामकुमार लुइंटेल, पूर्णबहादुर गुरुङ, नरेश काङमाङ राई, भगिरथ योगी, शिव भण्डारी,विमला सेने, एभरेष्ट गौतम, फडिन्द्र भट्टराई, प्रजय शुक्ल, बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, प्रमिला लाबुङ राई, डा शिव तिवारी, जमुना पुन,सर्बिन्द्र कुमार (एसके) गुरुङ,नगेन्द्रराज नेम्वाङ,सुरेन्द्र इङ्नाम,दूतबहादुर पुन,कुशल श्रेष्ठ, मिलन तमु गुरुङ, सञ्जयभक्त कंडेल, मञ्जु भण्डारी खरेल, जयराम तामाङ, खेमराज रानाभाट, विपिन निरौला र किरण राई छन् । प्रकाश गुरुङ, बमबहादुर थापा, अमित थेवे, देवी गौतम र नवीन पोखरेल, रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार