Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पस कुलमान घिसिङलाई हटाएको विरोधमा प्रर्दशन

अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पस कुलमान घिसिङलाई हटाएको विरोधमा प्रर्दशन

बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा अखिल (क्रान्तिकारी) सरस्वती बहुमुखी क्याम्पसले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।

    सरकारले भ्रष्ट्राचार, बेथिति, विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

    images

    सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए ।

    गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ । 

    3.jpg
    4.jpg
    2.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार