काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले १ साउदी अरेबियन रियालको बिक्रीदर भाउ ३५ रुपैयाँ ६३ पैसा तोकेको छ । खरिददर मूल्य ३५ रुपैयाँ ४७ पैसा छ ।
त्यस्तै १ कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । युएईको दिर्हाम १ को बिक्रीदर मूल्य ३६ रुपैयाँ ३९ पैसा तथा खरिददर भाउ ३६ रुपैयाँ २३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले १ मलेसियन रिंगिटको खरिददर भाउ २८ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रीदर भाउ २८ रुपैयाँ ४२ पैसा तोकेको छ ।
शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ६२ पैसा छ ।अघिल्लो दिनको तुलनामा ०.४ पैसाले घटेको हो ।त्यस्तै डलरको खरिददर मूल्य १३३ रुपैयाँ २ पैसा छ ।



