Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

अन्तत: हटाइए कुलमान

अन्तत: हटाइए कुलमान

करिब साढे आठ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले अन्ततः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । २०७३ सालको तिहारबाट काठमाडौं उपत्यकामा घरायसी लोडसेडिङ अन्त्य गरेपछि उज्यालोको प्रतिक बनेका कुलमान घिसिङलाई दोस्रो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा मन्त्रिपरिषद्ले पदमुक्त गरेको छ ।

    करिब साढे आठ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले अन्ततः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    images

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। तर कुलमाननिकट स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए। उनले कुलमानलाई हटाउन पाँचचोटि स्पष्टीकरण नै सोधेका थिए।

    मन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण लिन मन्त्रिपरिषद्मै प्रस्ताव लगेका थिए। मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाएका थिए। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै सोमबार साँझ उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार