काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा अन्तर्गत वैदेशिक रोजगार शाखाको अध्यक्षमा कृष्ण ढकाल चयन भएका छन् । शुक्रबार सम्पन्न शाखाको दोस्रो भेलाले ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । उनी इगल म्यानपावर कन्सल्ट्यान्टका संचालक हुन् ।
शाखाको उपाध्यक्षमा क्रमश: साउदी नेपाल रिक्रुटमेन्ट प्रा.लि.का संचालक सोम तामाङ, अल फलस ग्रुप ह्युमन रिसोर्स प्रा.लि.का संचालक राजु शर्मा र त्रिपल स्टारका सरोज लामा छन् भने यासिन ओभरसिजका इन्द्रमणि न्यौपाने सचिव, सहसचिवमा फरएभर ह्युमन रिसोर्स प्रा.लि.का रवीन्द्र राई चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा यभो सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक बिमल बस्नेत,भैरब इन्टरनेशनल सर्भिस प्रा.लि.की सञ्चालिका सुमिना तामांङ, पर्सा ओभरसिज प्रा.लि.का इन्द्र तामाङ, इम्पावर ओभरसिज प्रा.लि.का तारामणि राई, कान्तिपुर ओभरसिज प्रा.लि.का नवराज पाण्डे, अरेबियन सेन्टर प्रा.लि.का तिपेन्द्रप्रसाद न्यौपाने र गोल्डेन एचिभर्स इन्टरनेसनल प्रा.लि.का हस्तबहादुर तामाङ छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख अतिथि थिए । त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा महाशाखाका इन्चार्ज कृष्ण केसी, उपत्यका विशेष प्रदेश समितिका सचिव कमल सापकोटा, उपत्यका विशेष प्रदेश समितिका सदस्य ईश्वरी पाण्डे तथा उपत्यका विशेष प्रदेश उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अम्बिर गुरुङ तथा महासचिव कुन्छा दोर्जे दिमदोङलगायतका व्यवसायीको उपस्थिति थियो ।



