Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबईका प्रतिष्ठित कम्पनीमा कार्यरत नेपालीहरू संगठित हुँदै

दुबईका प्रतिष्ठित कम्पनीमा कार्यरत नेपालीहरू संगठित हुँदै

शुक्रवार, जेठ १८ २०८१
  • काठमाडौँ । दुबई पुगेर उच्च अहोदामा कार्यरत नेपालीहरु संगठित भएका छन् । डाक्टर, उद्यमी,  विभिन्न बैंकका उच्च तहमा कार्यरत कर्मचारी, चार्टर्ड एकाउन्टेन्ट लगायतका उच्च तहमा कार्यरत नेपालीहरू संगठित यसरी संगठित भएका हुन् । 

    उनीहरूले डीएनआईजी ( दुबई नेपाली प्रभावशाली समूह दुबई) नामक सस्था खोलेका छन् । इन्जिनियरहरू, मानव संशाधन प्रमुखहरू, विद्वानहरू, विद्यार्थीहरू सम्मका विभिन्न क्षेत्रका व्यक्तिहरू समूहमा आबद्ध भएका छन् ।

    images

    खाडीमा श्रमिक मात्र छैनन्, सफल व्यवसायीहरु पनि छन् भन्ने सन्देश दिन संस्था गठन भएको समूहका संस्थापक मनोज मरहट्टाले बताए ।  सबै क्षेत्रका नेपालीहरूलाई पेसागत दृष्टिकोणका साथ समाजमा स्थापित गराउनु यसको मुख्य उद्देश्य उनको भनाइ छ । राजनीतिभन्दा टाढा रहेको यो संस्था एउटा महत्वकांक्षा बोकेर अघि बढेको र करियर उन्मुखका सहयोग गर्नुका साथै समाजलाई केही न केही दिने उद्देश्य संस्थाले लिएको पनि उनले बताए । 

    अहिले उक्त समूहमा ३०० भन्दा बढी सदस्य पुगिसकेका छन् ।  यसले उच्च तहमा पुगेका नेपालीहरूको क्षमता विकास, भाईचाराको सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसका साथै मृतक नेपालीहरूको शव नेपाल पठाउन समेत सहयोग गर्दै आएको छ । त्यस्तै निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क करियर सत्र, निःशुल्क योग तथा दिमागी उपचार सत्र, प्रतिष्ठित व्यापारी नेताहरूसँग निःशुल्क नेतृत्व सत्र आयोजना गरेको थियो । निःशुल्क संस्थाको सदस्य बन्न पाइने यस समूहमा यस १० जनाले मात्रै सम्पूर्ण खर्चको जोहो गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार