Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु नेपाल ल्याइँदै

रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु नेपाल ल्याइँदै

बिहिवार, जेठ १७ २०८१
  • काठमाडौं । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीन नेपालीको अस्तु नेपाल पठाउने भएको छ ।

    रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु भएका परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएका तीनजनाको अस्तु नेपाल ल्याउन लागिएको हो । जसमा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । 

    images

    रुस–युक्रेन युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । 

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित नेपाली दूतावासमा राखिएको छ । दूतावासले छिट्टै प्रक्रिया पूरा गरेर तीनजनाको अस्तु काठमाडौं पठाउन लागेको बताइएको छ ।

    क्षतिपूर्तिको लागि ६ जनाको कागजात पठाइयो 

    यस्तै, रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएकामध्ये ६ जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । मृतकको क्षतिपूर्तिका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत कागजात रुस पठाइएको छ । 

    मृत्यु भएकामध्ये पहिलो चरणमा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई, सन्दीप थपलिया, रुपक कार्की (कपिलवस्तु), गंगाराम मोक्तान (इलाम) र राजकुमार रोका (दोलखा) को परिवारलाई रुसले क्षतिपूर्ति रकम उपलब्ध गराउने छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार