Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यानडामा अधिकारीलाई चार्ल्स मेडल

क्यानडामा अधिकारीलाई चार्ल्स मेडल

आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । सामाजिक अभियन्ता चन्दा अधिकारीले क्यानडामा प्रदान गरिने किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी छन्।

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाकी महासचिवसमेत रहेकी अधिकारीले सामाजिक सेवामा पुर्‍याएको उल्लेखनीय योगदान स्वरुप मेडल प्राप्त गरेकी हुन्।

    images

    उनलाई क्यानडाका सांसद मनीन्दर सिधुले मेडल तथा प्रमाणपत्र प्रदान गरे। आफूले प्राप्त गरेको यो सम्मान सबै नेपालीको लागि सम्मान भएको अधिकारीले बताइन्। उनले आफूले पाएको यो सम्मानले सामाजिक सेवामा लाग्न युवा पुस्तामा प्रेरणा मिलेको उल्लेख गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार