Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोर्चुगलमा नेपाली दूतावास : कन्सुलर सेवा सुरु हुँदै

पोर्चुगलमा नेपाली दूतावास : कन्सुलर सेवा सुरु हुँदै

बिहिवार, फाल्गुण २२ २०८१
  • बार्सिलोना । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ ।

    लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको छ । उनले भने- स्वीकृति प्राप्त हुनेबित्तिकै आफ्नै मातहतबाट सेवा सुरु गर्छौं । मार्च दोस्रो सातासम्म सबै प्रक्रिया पूरा हुने अपेक्षा राखेका छौं, कम्तीमा मार्च २० बाट सेवा दिन सक्नेछौं ।’

    images

    राजदूतावास भवन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कार्यवाहक राजदूतसमेत रहेका नेपालले भने, ‘हामीले भारत, पाकिस्तान, बंगलादेशको दूतावास नजिकै सुविधाजनक स्थान खोजेका छौं।हालसम्म सम्झौतामा हस्ताक्षर भइसकेको छैन, तर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

    पोर्चुगलमा रहेका नेपालीहरूका लागि आफ्नै दूतावासबाट सेवा लिन आतुर रहेका छन् । हालसम्म नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासको भर पर्नु परेको थियो । नेपालले भने, ‘कागजात प्रमाणीकरणदेखि राहदानी सेवासम्म हामी लिस्बन दूतावासमार्फत प्रक्रिया अघि बढाउनेछौं । नेपाली समुदायलाई सेवा दिने हाम्रो प्राथमिकता हुनेछ।’

    नेपाल सरकारले स्थापना गरेको पोर्चुगलस्थित नेपाली दूतावास सबैभन्दा नयाँ हो । दूतावासमा राजदूतसहित चार जनाको दरबन्दी छ । दूतावासका अनुसार नेपाली राजदूत प्रकाशमणि पौडेल एक साताभित्रै लिस्बन आइपुग्नेछन् । उनले पहिलो राजदूतको रुपमा दूतावासको औपचारिक कार्यभार सम्हाल्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार