Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युएईमा वित्तीय साक्षरता अभियान चलाउँदै, नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरू

युएईमा वित्तीय साक्षरता अभियान चलाउँदै, नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरू

बुधवार, जेठ १६ २०८१
  • आबुधावी । नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरूले युएईमा वित्तीय साक्षरता अभियान सुरु गरेका छन् । यसरी साक्षरता अभियान चलाउनुको उद्देश्य विदेशमा कार्यरत नेपालीलाई बैङ्किङ माध्यम मार्फत रेमिट्यान्स नेपाल पठाउन सचेतना जगाउने रहेको छ । यस अभियानमा युएईमा सक्रिय ११ वटा वित्तीय संस्थाहरु सहभागी भएका छन् ।

    यसको निम्ति नेपाली दूतावासमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी दूतावास परिसरमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सूचनाहरू लेखेर प्रकाशित गरिएको सिद्धार्थ बैंक बिप्रेषण विभाग, युएईका प्रमुख नविन पौडेलले जानकारी दिए । उनका अनुसार प्रतीक्षालयमा ५५ इन्चको टिभी राखेर सचेतना सम्बन्धी विभिन्न सामाग्री प्रशारण गरिने बताए ।  

    images

    यसका साथै नेपाली दूतावासले निर्माण गरेको प्रतीक्षालयमा दूतावास सँगको सहकार्यमा नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूले दैनिक आफ्ना प्रतिनिधि मार्फत रेमिट्यान्स सम्बन्धी विभिन्न जानकारी दिने गरी डेस्क सञ्चालन गर्ने तयारी समेत गरेका छन् ।

    त्यहाँ सक्रिय नेपाली बैंकहरु ग्लोबल आइएमई, सिद्धार्थ, हिमालयन , नबिल, प्रभु र कुमारी बैंकका साथै आइएमई, ई सेवा, सीटी एक्सप्रेस, रिआ र रेमिट टु नेपाल जस्ता रेमिट्यान्स कम्पनीहरूले सहकार्य गरेको जानकारी प्रभु बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

    गत मङ्गलवार गणतन्त्र दिवसको अवसरमा दूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थित नेपाली समुदायका प्रतिनिधि, सम्बन्धित वित्तीय कम्पनीका युएई प्रतिनिधि तथा नेपाली दूतावासका प्रतिनिधिहरूले अवलोकन समेत गरेका थिए ।

    नेपाली दूतावास आबुधावीमा सेवा लिन दैनिक ४ सय भन्दा धेरै सेवाग्राही आउने र उनीहरुलाई वित्तीय सचेतना जगाउन सके राष्ट्रहितमा हुने दूतावास र वित्तीय संस्थाहरुको बुझाई रहेको छ ।

    फोटो सौजन्यः उमाकान्त पाण्डे  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार