काठमडौं । सरकारले आउँदो आर्थिक वर्षमा एक लाख युवालाई रोजगारी दिने योजना ल्याएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षमा कम्तिमा एक लाख युवालाई रोजगारी दिने बताएका हुन्।यो कार्यक्रमका निम्ति सरकारले आउँदो आर्थिक वर्षमा तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।
मन्त्री पुनले भने, “युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा, सार्वजनिक क्षेत्र, सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न, राष्ट्र निर्माण गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ।
यस कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटेल, पर्यटन, निर्माण क्षेत्रलगायत कार्यस्थित तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने बताए।



