Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘फ्रि भिसा फ्रि टिकट’बारे सर्वोच्चको आदेशअनुसार गर्न महालेखाद्वारा श्रम मन्त्रालयको ध्यानाकर्षण

‘फ्रि भिसा फ्रि टिकट’बारे सर्वोच्चको आदेशअनुसार गर्न महालेखाद्वारा श्रम मन्त्रालयको ध्यानाकर्षण

मंगलवार, जेठ १५ २०८१
  • काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ‘फ्रि भिसा फ्रि टिकट’ सम्बन्धमा सर्वोच्च अदालतको आदेशअनुसारको प्रबन्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको वार्षिक प्रतिवेदन २०८१ मार्फत उक्त ध्यानाकर्षण गराएको हो । 

    सामाजिक न्यायका लागि कानून तथा नीति–नियम मञ्चले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका क्रममा करिब ६ वर्षअघि २०७५ सालमा सर्वोच्च अदालतले ‘फ्रि भिसा फ्रि टिकट’ नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानून तथा संयन्त्र बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

    images

    मन्त्रालयले २०७२ असार २१ गते साउदी अरब, मलेसिया, ओमान, बहराइन, कुवेत र यूएईसहित ७ वटा श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले व्यहोर्नुपर्ने निर्णय गरेको थियोे । तर उक्त निर्णय कार्यान्वयनमा नआएको   महालेखाको वार्षिक प्रतिवेदनमा औंल्याइएको छ । रोजगारदाताले कामदारको भर्ना प्रक्रियामा लाग्ने लागत तिर्नुपर्ने सरकारी निर्णय भएपनि वैदेशिक रोजगारीमा जाने कामदारहरुले चर्को शुल्क बुझाउन बाध्य भइरहेको पनि वार्षिक प्रतिवेदनमा उल्लेख छ 

    वैदेशिक रोजगार ऐन, २०६४ को दफा २४ मा पनि कुनै खास मुलुक वा कम्पनीका लागि प्रतिकामदार सेवा शुल्क र प्रवद्र्धन खर्चसहित म्यानपावर कम्पनीले लिन पाउने रकमको अधिकतम हद तोक्ने उल्लेख छ । प्रतिवेदनमा त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण गर्दै उपयुुक्त निर्णय लिनुपर्ने सुझाव दिइएको छ ।लेखापरीक्षकको प्रतिवेदनमा ‘फ्रि भिसा फ्रि टिकट’ निर्णय प्रभावकारी ढंगले लागू नहुँदा  वैदेशिक रोजगारीमा जाने कामदारले अत्यधिक रकम तिरिरहेको दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार