Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अवैध म्यानपावर एजेन्टको मौलाउँदो ठगीधन्दा

अवैध म्यानपावर एजेन्टको मौलाउँदो ठगीधन्दा

सोमवार, जेठ १४ २०८१
  • कठमाडौं । वैदेशिक रोजगार ऐन २०६४ अनुसार मेनपावर व्यवसायीहरूले एजेन्ट राख्न पाउँदैन । तर, राख्नै नपाइने एजेण्टको ठगीधन्दा भने मौलाउँदो दिन २ गुना, रात चौगुना मौलाउँदो छ । 

    वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा त्यस्ता एजेन्टहरुको ठगीका घटना प्रत्येक वर्ष बढ्दो क्रममा छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार ७४२ घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा चार हजार ४६४ पुगेको थियो । जसमा एक हजार ४२८ मेनपावर मात्रै व्यवसायीबाट ठगीका उजुरी थिए भने तीन हजार ३६ उजुरी सबै व्यक्तिगत ठगीका थिए । 

    images

    चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा पाँच हजार ८८१ उजुरी परेका छन् । जसमा ७५२ उजुरी मेनपावर व्यवसायीबाट ठगिएको भन्दै परेका छन् भने पाँच हजार १२९ उजुरी व्यक्तिगत ठगीका परेका छन् । 

    एजेन्टका कारण ठगीका घटना बढेको भन्दै सरकारले त्यसलाई रोक लगाएको थियो । तर, अहिले एजेन्टको नाउँमा व्यक्तिमार्फत ठगीका घटना बढिरहेको छ । 

    एजेन्ट राख्न नपाइने प्रावधान भएकोले अहिले उनीहरुमार्फत हुने ठगीका घटनामा समेत अन्तिममा मेनपावर व्यवसायी नै जोडिने गरेको छ । ‘एजेन्ट मार्फत ठगी भयो भनेपनि त्यो मेनपावर व्यवसायीसँग नै जोडिने हो । तर, अहिले व्यक्तिगत ठगीका घटना अत्यधिक बढेका छन्,’ अध्यक्ष भण्डारीले भने, ‘व्यक्तिगत ठगीमा भिजिट भिसाबाट मान्छे पठाइदिने, दिल्लीबाट मान्छे पठाइदिने गरेका छन् । त्यसमा समग्र वैदेशिक रोजगार क्षेत्र नै बदनाम भइरहेको छ ।’ व्यक्तिगत रूपमा नै भिजिट भिसा मार्फत विदेश पठाउने र त्यस्तो नाममा ठगीका घटना बढिरहेको उनको छ । 

    वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे एजेन्टमार्फत हुने गरेका ठगीमा विभिन्न प्रमाण हेरेर कानुनी कारबाही गर्दै आएको उनको बताउँछन् । यसको निम्ति च्याट गरेको रेकर्ड लिने, उसको खातामा पैसा गएको छ कि छैन भनेर हेर्छौ, विदेश गएको छ कि छैन भनेर लगायतका सबै प्रमाण रेकर्ड राख्ने गरेको उनले बताए ।  

    अहिले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार