Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा १२ जना घाइते

दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा १२ जना घाइते

सोमवार, जेठ १४ २०८१
  • डब्लिन । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।

    कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपत्कालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

    images

    रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ। डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र उडानहरू समयमै आइपुगेको बताएको छ। कतार एयरवेजले भन्यो, ‘उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार