Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

अब यूएईस्थित दूतावासबाटै श्रम स्वीकृति पाइने

अब यूएईस्थित दूतावासबाटै श्रम स्वीकृति पाइने

शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । यूएईस्थित नेपाली दूतावासले नेपाली कामदारलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ । दूतावासले गत विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितीमा सेवाको उद्घाटन गरेका हो । मन्त्री भण्डारीले एकजना महिला श्रमिकको बायोमेट्रिक गराएर उक्त सेवाको उदघाटन गरेका थिए ।

    यूएईको दुबईमा भइरहेको वल्र्ड गभर्मेन्ट समिटमा भाग लिन गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी अहिले यूएई भ्रमणमै छन् ।

    images

    अल सिफस्थित होटल हिल्टनमा भएको कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेज बहादूर क्षेत्री, उपनियोग प्रमुख रन्जिता दाहाल, नेपाल सरकार श्रम मन्त्रालयका सहसचिव, नेपाल एशोसिएशन (एनआरएनए) यूएईका अध्यक्ष विकास शाही, नेपाली समाजका अध्यक्ष राम मोक्तान, यूएईस्थित विभिन्न संघसंस्थाका पदाधिकारी पूर्व पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।

    यो सेवाबाट श्रम स्वीकृतिमात्र लिन नेपाल नै जान पर्ने बाध्यात्मक ब्यवस्थाको अन्त्य हुने साथै मुख्यतः पुनः श्रम स्वीकृति लिनेहरुको लागि अझ प्रभावकारी हुने जानकारहरु बताउँछन् । भिजिट भिसामा यूएई आएर भिसा परिवर्तन गरेका श्रमिकहरु साथै श्रम स्वीकृति नविकरण गर्नेहरु यो ब्यवस्थाले गर्दा सहजीकरण हुनेमा यूएईमा कार्यरत श्रमिकहरु आशावादी छन् ।

    सोही कार्यक्रमबीच यूएईस्थित सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली श्रमिकहरूको तर्फबाट मन्त्री भण्डारीलाई यूएईमा कार्यरत श्रमिकका समस्या उठानसहितको  ज्ञापन पत्र बुझाएका थिए 

    झन्डै ६ लाख नेपाली भएको यूएईमा दूतावासका करिब २० कर्मचारीले मात्र सेवा दिइरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार