Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उद्धार

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

बिहिवार, माघ २४ २०८१
  • काठमाडौँ । दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार गरिएको  छ ।

    नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेरहथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।

    images

    उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको गैरआवासीय नेपाली संघको सहयोगमा शुक्रवार दिउँसो काठमाडौँ ल्याउन लागिएको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिए ।

    उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायतले  महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    यस्तै, उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट आइसीसी सदस्य चिरन शर्मा, संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीले समन्वयन गरेको केसीले बताए ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार