काठमाडौँ । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।
आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् ।
राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।
अब केहीबेरमा राजकुमार दम्पती शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नेछन् ।



