काठमाडौं । वैशाख महिनामा वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीको संख्या सबैभन्दा धेरै देखिएको छ । वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरणअनुसार वैशाख महिनामा १६ हजार ९ सय ४९ जनाको मलेसियाका लागि श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट जानेको संख्या १४ हजार ७ सय २८ रहेको छ ।
नेपाली कामदार भित्र्याउने दोस्रो नम्वरमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेकोे छ । यूएईका लागि वैशाख महिनामा मात्रै १६ हजार ५ सय १२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् भने त्यसमध्ये म्यानपावर कम्पनीबाट जानेको संख्या ९ हजार ३ सय ८३ रहेकोे छ ।
तेस्रोमा रहेकोे कतार जान ११ हजार १ सय ७ जनाको श्रम स्वीकृति भएको छ । त्यसमा म्यानपावर कम्पनीबाट गएकाको संख्या २ हजार ५ सय ८७ रहेको छ । श्रम स्वीकृति भएका अन्य मुलुकहरुमा साउदी ११ हजार ६१ जना, कुवेतमा ३ हजार ३ सय ८६ जना, रोमानिया १ हजार ८४ जना, बेलायत २ सय ८९ जना, ओमान५ सय ५२ जना, क्रोएसिया १ हजार ८१ जना, जापान १ हजार २ सय ९८ जना रहेका छन् ।
वैशाखमा सबै प्रक्रियाबाट ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६ सय २७ महिला छन् ।



