Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)द्वारा चर्को घाममा काम लगाउन प्रतिवन्ध, १ लाखभन्दा बढी नेपाली कामदार लाभान्वित

पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)द्वारा चर्को घाममा काम लगाउन प्रतिवन्ध, १ लाखभन्दा बढी नेपाली कामदार लाभान्वित

शुक्रवार, जेठ ११ २०८१
  • काठमाडौं । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)द्वारा चर्को घाममा काम लगाउन प्रतिवन्ध लगाइएको छ । यदि प्रतिवन्धको वेवास्ता गर्दै काममा लगाउमा २ सय कुवेती दिनारसम्म जरिवाना गरिने पनि उसले जनाएको छ । 

    श्रमिकको स्वास्थ्यलाई ख्याल राख्दै पीएएमले यस्तो निर्णय लिएको बताएको छ । यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णयानुसार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रहरूमा श्रमिकलाई काममा लगाउन नपाइने नियम ल्याएको अरब टाइम्सले जनाएको छ । 

    images

    ‘यस निर्णयको उल्लंघनलाई सहिनेछैन, किनकि व्यावसायिक स्वास्थ्य प्रशासनका लागि राष्ट्रिय केन्द्रका क्षेत्र निरीक्षण टोलीहरूले तीन महिनाको अवधिमा अनुगमन गर्नेछन् ।’ पीएएमले भनेको छ । 

    कार्यक्षेत्रमै गएर निरीक्षण टोलीहरूले नियमको उल्लंघन भए नभएको अनुगमन गर्नेछन् । र नियमको उल्लंघन भएको पाएमा जरिवानाको अलावमा कानुन उल्लंघन सुधार नभएसम्म कम्पनीको फाइल ब्लकसमेत गर्न गरिदिनेछन् ।

    लुकको प्रतिकूल मौसमका कारण गर्मीयाममा खुला क्षेत्रमा काम गर्न चुनौतीपूर्ण रहेको स्रोतले जनाएको छ । 

    पीपीएमको यस निर्णयबाट कुवेतका विभिन्न क्षेत्रमा कार्यरत करिब १ लाख ७ हजार नेपाली लाभान्वित हुनेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार