Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यालिफोर्नियामा कन्सुलर शिविर सञ्चालन

क्यालिफोर्नियामा कन्सुलर शिविर सञ्चालन

शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं । नेपाली राजदूतावास वासिङटन डीसीको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर सुरु भएको छ। नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा यो ५ दिने शिविर सञ्चालन भएको हो।

    ५ दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दूतावासका कार्यबाहक राजदूत एवं नियोग उपप्रमुख शरदराज आरनले जानकारी दिए। ‘दूतावासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठीक गरियो भन्ने लागेको छ,’ आरनले संक्षिप्त उद्घाटनका क्रममा भने।

    images

    घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो। त्यस्तै, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूतावासले शिविर सञ्चालन गरेको जानकारी दिए। स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरेका थिए।

    त्यस्तै अर्का आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले दूतावास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गरे। सो शिविरमा राहदानीका साथै वारेसनामालगायतको सेवा पनि उपलब्ध भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार