Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली समाज यूएई

नेपाली समाज यूएईको अध्यक्षमा मोक्तान

नेपाली समाज यूएईको अध्यक्षमा मोक्तान

बिहिवार, माघ १० २०८१
  • काठमाडौं । नेपाली समाज यूएईको अध्यक्षमा राम बहादुर मोक्तान चयन भएका छन् । गत आइतबार दुबईमा भएको नेपाली समाज यूएईको १६ औं अधिवेशनबाट मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

    नव गठित समितिको पार्षद् अध्यक्षमा कमल गिरी ,वरिष्ठ उपाध्यक्षमा टंक बहादुर थापमगर, उपाध्यक्षहरू क्रमश: केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट र हुमराज बि.क. (पार्षद्) महासचिवमा जीवन पंगेनी, सचिवमा क्रमश: प्रकाश दत्त बडु, अमित पाण्डे, रमा न्यौपाने पन्त (महिला)  र सुरेन तामाङ (पार्षद्) कोषाध्यक्षमा कृष्ण प्रसाद तिमिल्सीना चयन भएका छन् । यसैगरि सह-कोषाध्यक्षमा लीलाप्रसाद भट्ट, प्रवक्तामा युवराज भट्टराइ र महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी चयन भएकी छिन् ।

    images
    1737511372-urJB8.jpg

    यस्तै सदस्यहरूमा जीवलाल पाण्डे, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे, नेत्र बहादुर घर्तिमगर, सिर्जना थापा चयन भएका छन् ।

    यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपनियोग प्रमुख रन्जिता दाहाल, श्रम काउन्सिलर दिपेन्द्र पौडेल लगाएत यूएईमा रहेका विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

    यूएईको सबैभन्दा पुरानो समाजिक संस्था (स्थापना १९९०) नेपाली समाज यूएईको १६ औं निर्वाचन समाजसेवी एवं व्यावसायी एकेन्द्र थापाले गराएका थिए । 

    1737511398-KKRVp.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार