Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मेडिकल व्यवसायीलाई गुणस्तरीय ल्याब परीक्षण एकदिने अभिमुखीकरण तालिम

मेडिकल व्यवसायीलाई गुणस्तरीय ल्याब परीक्षण एकदिने अभिमुखीकरण तालिम

बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुका लागि पहिलोपटक तालिम सञ्चालन गरेको हो ।

    तालिममा सामाखुसी, गोंगबु, चक्रपथ क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत ल्याबका कर्मचारी र संस्थाका सञ्चालक एक÷एक जनालाई तालिममा सहभागी गराइएको थियो । तालिममा ५७ जना स्वास्थ्य  व्यवसायीलाई गुणस्तरीय ल्याब परीक्षण, चिकित्सा तथा संक्रमणजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको संघका महासचिव कृष्ण बजगाईले जानकारी दिए ।

    images

    प्रशिक्षकमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पण्डित रहेका थिए । उनले ल्याब परीक्षणमा गुणस्तर कायम कसरी गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाहीले रि–एजेन्ट/किट्स्को प्रयोग तथा फाइदासम्बन्धी प्रशिक्षण दिएको संघले जानकारी दिएको छ ।

    यसैगरी फोहोर व्यवस्थापनसम्बन्धी एन एण्ड एन कम्पनीका प्रशिक्षक न्युटन झा, चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसनसम्बन्धी बयोमेडिकल इञ्जिनियर पंकजकुमार झाले तालिम सञ्चालन गरेका थिए ।गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चितताका लागि संघ निरन्तर लागिरहने महासचिव बजगाईले बताए । आगामी दिनमा यस्तो तालिम उपत्यकासहित सबै प्रदेशमा सञ्चालन गरिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार