Oct 30 2026 | २०८३ कार्तिक १४ गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रविका पक्षबाट सकियो बहस

रविका पक्षबाट सकियो बहस

बुधवार, माघ २ २०८१
  • काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षबाट बहस सकिएको छ।

    काठमाडौँ जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसमा आज रविका पक्षबाट ५ जना कानुन व्यवसायीले आफ्नो जिकिर राखे। उनीहरूले रविको प्रत्यक्ष संलग्नता देखाउने कागजात नभएकाले थुनामा राख्न नमिल्ने दलील प्रस्तुत गरे। 

    images

    आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरेका छन्। बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका थिए।

    उनले कानुन व्यवसायीलाई भने, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो।’

    अहिले सरकारी वकिलले जवाफी बहस सुरु भएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार