Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

बुधवार, माघ २ २०८१
  • नेपाली बजारमा हिजो घटेको सुनचाँदीकै मूल्य आज फेरि बढेको छ। हिजो प्रतितोला आठसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मूल्य बढेर आज सुन तोलाको एक लाख ५५ हजार चारसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ५५ हजार रुपैयाँ थियो।

    images

    पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो घटेको थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। हिजो मूल्य घटेर प्रतितोला एक हजार आठसय २० रुपैयाँमा झरेको चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ३० रुपैयाँ पुगेको छ।

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

                                           

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार