Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मधेशी एकता समाजको अध्यक्षमा डा. रविन्द्र यादव

मधेशी एकता समाजको अध्यक्षमा डा. रविन्द्र यादव

मंगलवार, माघ १ २०८१
  • काठमाडौं । मधेशी एकता समाजको अध्यक्षमा डा. रविन्द्र यादव चयन भएका छन् । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले समाजका संस्थापक अध्यक्षमा यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरेको हो ।

    डा. यादव यूएईको एक प्रतिष्ठित अस्पतालमा चर्म रोग विशेषज्ञको रूपमा कार्यरत छन् ।  डा. यादव यूएईमा गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक समेत  हुन्।

    images

    समितिको वरिष्ठ उपाध्यक्षमा प्रा. डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिवमा अन्तरिक्ष वैज्ञानिक मुकेश झा (युएई), कोषाध्यक्षमा जीव रसायनशास्त्री अनिल कुमार साह (अमेरिका) र प्रवक्तामा शिक्षाविद् एवं अधिवक्ता दीपेन्द्र चौबे (भारत) चयन भएका छन् ।

    यस्तै उपाध्यक्षहरुमा कम्प्युटर इन्जिनियर सुजित कुमार ठाकुर (भारत), व्यापार विकास विशेषज्ञ मोहम्मद तनवीर आलम (युएई), जीव रसायन वैज्ञानिक डा. लोकेन्द्र यादव (नेपाल), शशी बाबु यादव (अमेरिका), नवीन चौधरी (डेनमार्क), ई.राजीव झा (कतार), चार्टर्ड एकाउन्टेन्ट नेहाल उज्जमान (साउदी अरेबिया) र ई. लखिन्दर यादव (जापान) रहेका छन् ।

    उपमहासचिवमा ई. सुरेश कुमार यादव (युएई), उपप्रवक्तामा ई.शैलेन्द्र कुमार राय (युएई) तथा उप–कोषाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट जिवछ साह (युएई) र संजीव नायक (कतार) रहेका छन् ।

    त्यस्तै, कार्यकारी सदस्यहरूमा सञ्जय ज्यामिरे, लालबाबु सिंह, रोशन देव, शिव कुमार महतो, चन्द्रवीर यादव र आदित्य अटल रहेका छन् ।

    त्यसैगरी मध्यपूर्व संयोजकमा उद्यमी अभय कुमार ठाकुर (कतार), मध्यपूर्व उपसंयोजकमा धर्मेन्द्र गोहीवार (युएई), अमेरिका संयोजकमा शशीबाबु यादव (टेक्सास), अमेरिका उपसंयोजकमा सुजित कुमार झा (टेक्सास), युरोप संयोजकमा नवीन चौधरी (डेनमार्क), युरोप उपसंयोजकमा डा. भगवान यादव (फिनल्यान्ड), भारत संयोजकमा दीपेन्द्र चौबे (भारत), सूदूरपूर्व संयोजकमा ई. लखिन्दर यादव (जापान) र नेपाल संयोजकमा डा. बबी सिंह (सप्तरी) रहेका छन् ।

    यस्तै, मिडिया संयोजकमा अमरेन्द्र यादव, आईटी संयोजकमा उत्तम मिश्र, महिला संयोजकमा जिया चौधरी एवं कला संस्कृति संयोजकमा हरिओम मेहता रहेका छन् ।

    मधेशी एकता समाजले मधेशी समुदायको एकता, अधिकार, सामाजिक न्याय र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै आइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार