काठमाडौं । मंगलबारसम्म समाधान गरिसक्ने भनिएपनि वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याको समाधान भएन । सर्भरमा समस्या आएको समाधान भएको कारण पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित भएको छ । त्यसबाट सोमबारदेखि नै वैदेशिक रोजगारमा जानुपर्ने कामदार रोकिएका छन् ।
सर्भरमा अएको समस्याका कारण कामदार रोकिएका मात्रै छैनन् उनीहरु महंगो टिकटको मारमा समेत परेका छन् । किनकी अन्तर्राष्ट्रिय उडानमा उही दिनको टिकट लिंदा निकै महंगो पर्नजान्छ । विभागका निर्देशक तथा सूचना अधिकारी गुरूदत्त बरालले मंगलबार कार्यालय समयभित्र समस्या समाधानका हुने गरी काम भइरहेको बताए पनि समस्याको समाधान भने हुन सकेन ।
यस्तो समस्याका कारण श्रम स्वीकृति भएका, तर स्टिकर नभएकाहरूलाई वैदेशिक रोजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर टिकट खेर जाने अवस्थाको अन्त्य गरिएको विभागले जनाएको छ । विभागले श्रम स्वीकृति नभएसम्म विदेश जाने टिकट नलिन पनि आग्रह आग्रह गरेको छ ।
वैदेशिक रोजगार विभागले २०७२ सालमा आफ्नै सर्भ स्थापना गरेको थियो जहाँ पछि बीमा कम्पनी, मेडिकल, बैंक, विदेशस्थित नेपाली दूतावास लगायतका संस्थाहरु पनि जोडिएका छन् । श्रममन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृतिको प्रक्रियालाई सहज र छिट्टै हुने व्यवस्था मिलाएपनि सर्भरमा आएको समस्याको कारण सेवाग्राहीले त्यसको फाइदा उठाउन सकेका छ्रैनन् ।



