Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्सको सीइओमा दोहोरिए श्रेष्ठ

एसियन लाइफ इन्स्योरेन्सको सीइओमा दोहोरिए श्रेष्ठ

आइतवार, पौष २८ २०८१
  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    श्रेष्ठलाई आगामी माघ १ गतेदेखि सीईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ ।

    images

    एशियन लाइफको सीईओ बन्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । १८ वर्षको बैकिङ क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार