Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘दुईथोपा हाँसो’

यूएईमा सिस्नुपानीको ‘दुईथोपा हाँसो’ (फोटोफिचर)

यूएईमा सिस्नुपानीको ‘दुईथोपा हाँसो’ (फोटोफिचर)

आइतवार, पौष २८ २०८१
  • काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा सिस्नुपानीको ‘दुईथोपा हाँसो’ कार्यक्रम सुरु गरिएको छ ।

    नेपाली दूतावास अबुधाबीको सहयोग तथा गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) यूएईको आयोजनामा गत शुक्रवारबाट कार्यक्रम सुरु भएको हो ।

    images

    शुक्रबारको कार्यक्रम यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षत्रीको प्रमुख आतिथ्यता तथा सिस्नुपानी टीम र हास्य कलाकार मनोज गजुरेललगायतको सहभागिता रहेको गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फामा भएको थियो।

    नेपाली श्रमिकहरू बस्ने यूएईका विभिन्न क्याम्पहरुमा गरिने मनोरञ्जनात्मक तथा सचेतनामूलक कार्यक्रम “दुई थोपा हाँसो” आइतबारसम्म चल्ने र कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने अध्यक्ष शाहीले बताए ।

    शाहीका अनुसार शनिबार क्लिन्को क्याम्प, सज्जा, सारजहा र बलेदिया भलिबल ग्राउन्ड, अलकुजमा कार्यक्रम भएको थियो । भने (आज) आइतबार इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा पनि कार्यक्रम हुनेछ ।

    कार्यक्रममा सिस्नुपानी नेपालका चर्चित सर्जकहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । 

    WhatsApp-Image-2025-01-11-at-18.32.27_762edbf2-768x576.jpg

    WhatsApp-Image-2025-01-11-at-18.32.24_0ddf2e1c-768x576.jpg
    WhatsApp-Image-2025-01-11-at-18.32.25_4a770e9d-768x576.jpg
    WhatsApp-Image-2025-01-11-at-18.32.30_d4e7cef1-768x576.jpg

    WhatsApp-Image-2025-01-11-at-18.32.27_7e4f18e5-768x576.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार