Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकामा आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु

अमेरिकामा आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु

आइतवार, पौष २८ २०८१
  • काठमाडौं । अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यसका कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको बीबीसी समाचारमा उल्लेख छ।

    हावाको गति बढिरहेकोले आगो फैलिने क्रम बढ्दै छ। हाल ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने मौसम विभागले चेतावनी दिएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट पनिअग्निनियन्त्रकहरू आइपुगेका छन्।

    images

    लुटपाट बढ्यो

    आगलागीको संकटको बीचमा क्यालिफोर्नियाको सान्ता मोनिका शहरमा लुटपाट भएको छ। त्यसपछि प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू घोषणा गरेको जनाइएको छ। लुटपाटको घटनामा संलग्न २० जनालाई पक्राउ गरिएको छ।

    रोयटर्सका अनुसार लस एन्जलस (एलए) मा लागेको आगलागीबाट अहिलेसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ। आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।

    पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ सर्दै गरेको जनाइएको छ। साथै आगो निभाउन पानीको अभावका कारण जनतामा आक्रोश बढेको छ।

    अमेरिकाको राष्ट्रिय मौसम सेवाले आगलागी फैलाउन सक्ने बलियो सान्ता आना हावा आइतबार फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ।

    क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन्। छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार