Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संखुवासभा समाज कतारद्वारा योग प्रशिक्षण कार्यक्रम सम्पन्न

संखुवासभा समाज कतारद्वारा योग प्रशिक्षण कार्यक्रम सम्पन्न

मंगलवार, जेठ ८ २०८१
  • कतार । “संखुवासभालिको पहिचान विश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ “मानविय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ” सामाजिक सेवाको निमित्त स्थापना गरिएको सखुंवासभा समाज कतारले एउटा पृथक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    कार्यक्रमलाई प्रशिक्षित गर्न नेपालबाट आमन्त्रित डा: राजु अधिकारीले योगलाई कसरी जिवन शैली सगं अभ्यस्त बनाउने बारेमा प्रशिक्षण गर्दै अहिलेको अस्तब्यस्त जिन्दगीमा खानपानले गर्दा नै विभिन्न दीर्घ रोगबाट पीडित भई अकालमा ज्यानै गुमाउनु पर्ने अबस्था सिर्जना भएको हुँदा खान पान र योगको जिवनमा अति आवश्यकता रहेको बताए ।अधिकारीले करिब तीन घन्टा लामो समय चलेको प्रशिक्षण कार्यक्रममा योगको शाब्दिक अर्थ जोड्नु हो योगले मन र शरीर कसरी जोडछ यसका फाईदा के के हुन लगायत योग विश्वलाई उपहार, कोसेली र आविष्कार समेत रहेको उनको भनाई रहेको थियो । जिवनलाई सहजपुर्ण गर्ने ब्यवस्थापन जिवनशैली, शारीरिक,मानसिक स्वास्थ आहार लगायतका जिवन खुसी यापनका बारेमा लामो समय सम्म प्रशिक्षण गरेका थिए ।

    images

    सखुंवासभा समाज कतारका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व नेपाली राजदूतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई प्रशिक्षित गर्न नेपालबाट आमन्त्रित योग बिज्ञ डा राजु अधिकारीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थांका प्रमुख तथा प्रतिनिधि सहित कतारबासी दाजुभाई तथा दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो ।प्रमुख अतिथी सुवेदीले आफ्नो मन्तव्य बोल्दै समाजले अन्य नेपाली समुदायले गर्ने कार्यक्रम भन्दा निकै फरक र पृथक सहित जनचेनता मुलक कार्यक्रम गर्न सफल भएकोमा समाजलाई धन्यवाद समेत ब्यक्त गरे । कार्यक्रममा शरिक भएका सहभागीलाइ सहभागिता प्रमाणपत्र समेत समाजले बितरण गरेको थियो ।

    समाजका उपाध्यक्ष बिरेन मादेनले स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजीकरण महासचिव पदम प्र सिम्खडाले गरेको थिए । सभापती खनालले परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ योग एवम् आहार विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डा. राजु अधिकारी ज्युको सहजीकरणमा ” खुशी कला र स्वस्थ जीवनशैली “(तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार – आनन्दमय जीवन पद्धतिका प्रमुख आधार) एउटा विशेष प्रशिक्षण कार्यक्रम फरक र पृथक कार्यक्रम गर्न पाउदा धेरै खुसी मिलेको बताए ।कार्यक्रममा शरिक सम्पुर्णलाई प्रशिक्षण कार्यक्रमबाट लिएको ज्ञानलाई जिवनमा लागू गर्दै जीवन उपयोगी ज्ञान प्राप्त हुनेमा हामी बिश्वस्त रहदै आफुले सिकेको ज्ञान अर्कालाई सिकाउन आग्रह समेत उनले गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार