Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा यादव

तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा यादव

आइतवार, पौष २१ २०८१
  • काठमाडौं । तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन भएका छन् ।

    शनिबार राजधानीमा सम्पन्न साधारणसभाले यादवको अध्यक्षमा १६ सदयस्यीय कार्यसमिति चयन गरेको हो । यादव सान नेपाल प्रालिका सञ्चालक यादव हुन् । यसअघि तदर्थ कार्यसमिति हुँदा पनि समाजको अध्यक्षमा यादवनै थिए ।

    images

    सभाले प्रथम उपाध्यक्षमा अख्तर हुसेन, द्वितीय उपाध्यक्षमा राजेश्वर कुमार राय, तृतीय उपाध्यक्षमा कामेश्वर शाह, महासचिवमा दिनेश कुमार राय, सचिवमा श्यामसुन्दर शाह र कोषाध्यक्षमा सबिता कुमारी सिंहलाई चयन गरेको छ ।

    यस्तै कार्यसमिति सदस्यहरूमा आनन्द चौधरी, ओमप्रकाश शाह, रामबाबु महतो, अनवर अली मियाँ, राम एकबाल महतो, राजेश यादव, सुशील कुमार कुशवाहा, भूपाल प्रसाद साह, राजेश्वर यादव, र मोहम्मद हजरत अली चयन भएका छन् ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यादवले आफूले व्यवसायीको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका थिए।

    समाजमा १५० को हाराहारीमा व्यवसायी आबद्ध छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार