काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । उनी १५४ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
तीन जना अध्यक्षका प्रत्यासीमध्ये उनका निकटम प्रतिद्वन्द्वी चिरञ्जिवी बस्यालले ८२ मत ल्याए भने तारानाथ अर्यालले ६९ मत पाए ।
शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार गरिएको थियो । निर्वाचित अध्य पदाधिकारी तथा सदस्यहरुमा प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसी १३६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले ९२ मत ल्याए भने जंगबहादुर इजमले ७५ मत प्राप्त गरे ।
यस्तै द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । गैरे १५९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १३५ मत प्राप्त गरे । त्यस्तै तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १८८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश कार्कीले १०६ मत प्राप्त गरेका छन् ।
महेश कुमार बस्नेत महासचिवमा १६५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कुवेर सिंह कोइराला (पंकज)ले ७४ मत ल्याए भने मोहन कुमार ढुंगेलले ६६ मत प्राप्त गरे ।
सचिवमा तुलसी राम १७२ मत प्र्राप्त गर्दै विजयी बनेका छन भने उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले ११६ मत प्राप्त गरेका छन् । सहसचिवमा राज काजी भोलान (राज लामा) निर्वाचित भएका छन् । भोलान १६३ मत ल्याएर निर्वाचित भएका हुन् भने उनकी प्रतिस्पर्धी निलम केसीले १३० मत प्राप्त गरिन् ।
वीनर एच आरकी हिमा गुरुङ कोषध्यक्षमा निर्वाचित भएकी छिन् । गुरुङ १८३ मत ल्याएर विजयी बनेकी हुन् । उनकी प्रतिस्पर्धी गोमा गिरी क्षेत्री (अञ्जु)ले १०४ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ १६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १२९ मत प्राप्त गरे ।
निर्वाचित सदस्हरूमा यस्तै सदस्यहरुमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दिपक कुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविता कुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेश कुमार श्रेष्ठ (२११) रहेका छन् ।



