Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

चालु आर्थिक वर्षको पाँच महिनामा कुन जिल्लाबाट कति नेपाली विदेशिए ?

चालु आर्थिक वर्षको पाँच महिनामा कुन जिल्लाबाट कति नेपाली विदेशिए ?

बुधवार, पौष १७ २०८१
  • काठमाडौं । नेपालीहरू वैदेशिक रोजगारीमा जानु सामान्य मानिन्छ । सरकारप्रतिको अविश्वास र राजनीतिक अस्थिरताका कारण रोजगारीको अवसर नपाउँदा काम गर्न विदेश जानेको संख्या दिनानुदिन बढिरहेको छ।

    स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक अवस्थाले पीडित भएका नेपालीहरूको घरपरिवार चलाउने भरपर्दो माध्यम वैदेशिक रोजगारी बनेको छ।

    images

    पछिल्लो तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै तराईका जिल्लाबाट वैदेशिक रोजगारीका लागि  विदेशिएको पाइन्छ । उनीहरू कोही म्यानपावरमार्फत श्रम स्वीकृति लिएर त कोही विना श्रम स्वीकृति वैदेशिक रोजगारीमा गएका छन्।

    वैदेशिक रोजगार विभागको तंथ्याक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा सबैभन्दा धेरै वैदेशिक रोजगारीका लागि जानेमा धनुषा जिल्ला पहिलो स्थानमा छ भने सबैभन्दा कम मनाङ जिल्ला रहेको छ। चालु आवको साउनदेखि मंसिरसम्ममा धनुषा जिल्लाबाट १७ हजार ३ सय ७३ जना र मनाङबाट ९५ जनाले मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्। यो नयाँ र पुरानो श्रम स्वीकृति लिने दुवैको संख्या हो।

    यस्तै तराईका अन्य जिल्लाहरूबाट पनि धेरै वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा विदेशिने दोस्रो झापा र तेस्रो सिराहा जिल्ला रहेको छ। विभागको तथ्यांक अनुसार झापाबाट १५ हजार ३ सय ५८ र सिराहाबाट १३ हजार ४ सय ५३ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्। यस्तै धनुषा, झापा र सिराहापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा मोरङ, महोत्तरी, सुनसरी, रूपन्देही, सर्लाही र सप्तरी रहेका छन्।

    जिल्लागत तवरले हेर्ने हो भने हिमाली जिल्लाबाट सबैभन्दा कम वैदेशिक रोजगारीमा गएका छन्। मनाङपछि  क्रमशः मुस्ताङ, मुगु ,डोल्पा र हुम्लाका नागरिकहरू कम वैदेशिक रोजगारीमा गएको तथ्यांक छ।

    -वैदेशिक रोजगार विभागको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार