काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १६ नेपाली स्वदेश फर्किएका छन् ।
आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको सहयोगमा स्वदेश फर्किएका हुन् ।
कम्पनीले काम नदिएको, तलब पनि नदिएको र अकामाको म्याद सकिए पनि विगत ४ महिनादेखि खानसमेत नदिई अलपत्र अवस्थामा छाडेको पीडितहरूको भनाइ छ । उनीहरूलाई खानाको समेत समस्या भएपछि एनआरएनए (आरसीसी) रियादले खाद्यान्न उपलब्ध गराएको थियो ।
पीडितहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि एनआरएनए साउदीले रियादस्थित नेपाली दूतावाससँग समन्वय गरेको थियो । उनीहरूले सन् २०१५ देखि कम्पनीमा कार्यरत रहेको र २०२४ सेप्टेम्बरमा कम्पनी बन्द भएले विगत दुई महिनादेखि तलब नपाएका थिए ।
साउदीमा विभिन्न पेसामा ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेका अनुमान छ ।



