Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

इजरायल जान छानिएका कामदारको स्वास्थ्य परीक्षण बुधबारदेखि हुने

इजरायल जान छानिएका कामदारको स्वास्थ्य परीक्षण बुधबारदेखि हुने

मंगलवार, पौष १६ २०८१
  • इजरायलमा सहायक कामदार (केयर गिभर) का लागि जान छनोट भएका कामदारहरुको स्वास्थ्य परीक्षण आगामी बुधबारदेखि हुने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गरी स्वास्थ्य परीक्षणका लागि पाँचवटा स्वास्थ्य संस्था तोकिएको जानकारी दिएको हो ।

    इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार गोलाप्रथाबाट सहायक कामदार (केयर गिभर) का लागि छनोट भएकाहरुको स्वास्थ्य परीक्षण यही पुस १७ गतेदेखि २३ गतेसम्म हुने विभागले जनाएको छ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म स्वास्थ्य परीक्षण कार्य सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

    images

    विभागले तोकिएको मिति र समयसीमाभित्र स्वास्थ्य परीक्षण गराउन हालसालै खिचेको पासपोर्ट साइजको रंगीन फोटो दुई प्रति, सक्कल पासपोर्ट र नागरिकतासहित उपस्थित भएर स्वास्थ्य परीक्षण गराउन सरोकारवालाहरुलाई आग्रह गरेको छ । विभागले जारी गरेको सूचनाअनुसार ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा क्रम संख्या एकदेखि २०० सम्मको स्वास्थ्य परीक्षण हुने छ ।

    यस्तै, ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा क्रम संख्या २०१ देखि ४०० सम्म, काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स हस्पिटलमा क्रम संख्या ९५७ देखि ११५६ सम्मका लागि तोकिएको विभागले जनाएको छ ।

    यसैगरी स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा क्रम संख्या ११५७ देखि १३५६ र सिनामंगलस्थित क्रिस्टल डायग्नोस्टिक प्रालिमा क्रम संख्या १३५७ देखि १५५६ सम्मका स्वास्थ्यपरीक्षण हुने तय गरिएको छ ।

    पछिल्लो समय सहायक कामदार (केयर गिभर) को रुपमा इजरायल पठाउन एक हजार ५५६ जनाको नाम छनोटमा परेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार