Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको चुनाव आज

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको चुनाव आज

शनिवार, जेठ ५ २०८१
  • काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको आगामी नेतृत्वका लागि आधा दर्जनबढी व्यवसायीले रुची देखाएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एशोसियसनले आज शनिबारको निम्ति साधारण सभा र नयाँ नेतृत्व चयनको मिति पहिले नै तोकेको थियो । साधारण सभाको मिति नजिकिएसँगै गोप्य रणनीतिका साथ आन्तरिक तयारी तीव्र पारेका नेतृत्वका आकांक्षी व्यवसायीहरू सार्वजनिक हुन थालेका छन्  । 

    विभिन्न समूह र प्यानल बनाएर प्रतिस्पर्धा गर्दै आएका व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्ने वातावरण तयार गरिरहेका छन् । अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, पूर्ववरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल, सल्लाहकार किशोरकुमार केसी, संस्थापकमध्येका चिरञ्जीवी बस्याल, प्रथम उपाध्यक्ष भगीरथ राई (रमेश)लगायतले तयारी गरेका छन् । पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने र पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्माले सर्वसम्मतिले नेतृत्व दिए लिने बताएका छन् ।  

    images

    यसपटकको नेतृत्वको लागि प्रथम उपाध्यक्षमा भवानी निरौला, विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रुची देखाएका छन् भने महासचिवमा पंकज कोइराला, मोहन ढुंगेल, महेश बस्नेत र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरूपमा व्यक्त गरेका छन् ।

    प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति गोप्य राखेको बताइएको छ । यसअघि बिहीबार अबेरसम्म उम्मेदवार र प्यानलको खाका सार्वजनिक गर्ने बताइए पनि पदाधिकारीका आकांक्षी धेरै भएपछि प्यानलभित्र नै कसलाई एशोसिएसनमा उमेदवार बनाउने, कसलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी एशोसियसन सम्वद्ध सूत्रले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार