Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो लुगा वितरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो लुगा वितरण

आइतवार, पौष १४ २०८१
  • काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्र्याक सुट वितरण गरेको छ ।

    कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो ।

    images

    कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्नेमा जोड दिए ।

    कम्पनीका एजेन्सी म्यानेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुन सक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार