Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जम्मु भनेर कस्मिरमा, यातना र भोकभोकै काममा

जम्मु भनेर कस्मिरमा, यातना र भोकभोकै काममा

शुक्रवार, जेठ ४ २०८१
  • विहारका एजेन्टद्वारा जम्मुमा आकर्षक तलव सहित कामको प्रलोभन देखाउँदै कस्मिर पुर्याइएका ३५ नेपालीको उद्धार गरिएको छ । 

    उनीहरुलाई नेपाली राजदुतावास र भारतीय प्रहरीको सहयोग तथा ‘किन इण्डिया’ लगायतका संस्थाहरुको समन्वयमा  उद्धार गरिएको हो । 

    images

    बिहार अररिया जिल्लाका मुख्तकिम आलम, मोहम्मद साजाद, जमाल मन्सुरी र मलिम मन्सुरीले नेपाली कामदारलाई जम्मुमा दैनिक १ हजार १ सय ५२ रुपैयाँमा काम लगाइदिने प्रलोभन देखाई कस्मिर पु¥याएका थिए । त्यहाँ पु¥याएपछि उनीहरुलाई भोकभोकै काममा लगाइएको थियो । 

    इण्डियन एजेन्टद्वारा कस्मिर पु¥याएपछि उनीहरुलाई खान समेत नदिइ काममा लगाउने, रक्सि खाएर धम्याक्याउने, कुटपिट गर्ने र ४ वटा कोठामा ४२ जनालाई कोचेर बाहिरबाट चुकुल लगाइदिने जस्ता अमानविय व्यवहार गरिनुका साथै उनीहरुसँग भएको पैसा र कागजात समेत खोसिएको थियो । 

    उनीहरुलाई कडा निगरानीका साथ यातना दिँदै काममा लगाइन्थ्यो । चार कोठामा कोचेर सुत्न दिइन्थ्यो, जहाँ शौचालयको व्यवस्थासमेत थिएन । कोठाभित्रै बोतलमा पिसाब फेर्नुपर्ने बाध्यता थियो । ‘सुरुमा ४३ जनालाई बिहारका एजेन्टले दैनिक भारु ७२० रुपैयाँ ज्याला हुन्छ भनेर लगेका रहेछन् । प्रतिव्यक्ति सात हजार नेपाली रुपैयाँका दरले सबैलाई पेस्की रकम पनि बाँडेका रहेछन्,’ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमा चतुर्वेदीले टेलिफोनमा भने, ‘लगेकै दिनदेखि उनीहरूलाई एक छाक खुवाएर काममा लगाउने, यातना दिने गरेर बन्धक बनाइएको रहेछ ।’

    उद्धार गरिएकाहरूले काम गरेको ज्याला पनि पाएका थिएनन् । बन्धक बनाइएका ४३ मध्ये सातजना पहिले नै भागेर फर्किन सफल भएका थिए ।  ‘जुन रात कस्मिर पुगेका थियौँ, त्यही रात हामीलाई कुटपिट गर्दै मोबाइल, भएजति पैसा र नागरिकतासहितका कागजपत्र खोसेर लगे । अर्को दिन पनि बिहानै देखि कुट्दै काम लगाउन थाले । खान पनि दिएनन् ।  एक दुईओटा समोसा, जुस खान दिएर दिनभर काममा दलाउँथे’ । उद्धार गरिएका दिनेश पासवानले भने, ‘कोठामा ल्याएपछि फेरि गाली गर्ने, कुट्ने गर्थे । बाहिरबाट चुकुल लगाएर थुनेर राख्थे । खाने, सुत्ने, दिसापिसाब पनि त्यही कोठामै गर्नु पथ्र्योे ।’ 

    पिडीत मध्येका एक रञ्जित चौधरीले आफूहरूलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताए । ‘जम्मु भनेर लगेको, कस्मिर पुर्याएछ । राति न ओढ्ने छ, नि बिछ्यौना छ, न खाना छ । भोकभोकै सुत्यौँ । मोबाइल, पैसा, नागरिकता सबै खोस्यो । फिर्ता माग्दा मार्दिन्छु, तिमीहरुजस्ता सात जनालाई त गोली हानेर, बोरामा कसेर फालेको हो धम्क्याउाँथ्योे,’ उनले पिडा पोखे ।   

    नयाँदिल्लीस्थित किन इन्डियाका अध्यक्ष नवीन जोशीले पीडितहरूलाई सकुसल गाउँ फर्काएको बताए । ‘हामीले १८ वर्षमुनिका पाँचजना बालकसहित ३५ जना नेपालीलाई कस्मिरबाट दिल्ली हुँदै गाउँ फर्काएका छौँ,’ उनले भने, ‘अत्यन्तै अमानवीय अवस्थामा बन्धक बनाएर उहाँहरूलाई राखिएको रहेछ । नेपाली दूतावास, किन इन्डिया, प्रहरी र अन्य एजेन्सीहरूको समन्वयमा उद्धर गर्न सफल भयौँ ।’ पाल टाँगेर उनीहरूलाई प्रहरी कार्यालयभित्र खाने–बस्ने व्यवस्था मिलाइएको जोशीले बताए ।

    २३ वैशाखमा जम्मु–कस्मिर पुगेर स्थानीय प्रहरीको समन्वयमा जोशीसहित सर्लाहीका सरोज रायलगायतको टोलीले बन्धक बनाइएको ठाउँ पत्ता लगाएको थियो । ‘उहाँहरूलाई आवश्यक रेकी गरेर २६ वैशाखको बिहानै उद्धार गर्न सफल भयौँ,’ जोशीले भने । 

    सर्लाही, धनुषा र महोत्तरीका सीमावर्ती गाउँ पुगेर विहारी एजेन्टले जम्मुमा ५० जना कामदार आवश्यक भएको र दैनिक सात सय २० रुपैयाँ भारु ज्याला हुने भन्दै आश्वासन दिएका थिए । ‘खान र बस्नबाहेक दैनिक त्यति धेरै कमाइ हुने भनेपछि नेपाली मजदुर काममा जान तयार भए । एजेन्टले सात हजार रुपैयाँका दरले पेस्की बाँड्न लगाएर भिडियो खिचेछन् । तर कस्मिर पुर्याएपछि उनीहरुलाई चर्को शारिरीक र मानसिक यातना दिइएछ ।’ जोशीले बताए ।  

    यसबारे स्थानीय प्रशासन, प्रहरी र दलका नेताहरूलाई जानकारी गराउँदा कुनै पहल नभएको र सर्लाहीका सरोज रायले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी दिएपछि उनीहरुको उद्धार सम्भव भएको हो । एजेन्टमध्यका मुख्तकिम आलम र मोहम्मद साजाद पक्राउ परिसकेका छन् भने  जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् । पक्राउ परेकालाई मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार