काठमाडौँ । मानव बेचबिखनको आरोपमा एक युवालाई यूएईबाट पक्राउ गरि नेपाल ल्याइएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी भावेश रिमालले बताए ।
अमेरिका सपना देखाएर मानव बेचबिखन गर्ने गरेको निराजनमाथि प्रहरीको आरोप छ ।
उनले अमेरिकामा ६ लाख सम्म तलब हुन्छ भनेर पीडितलाई दुबईमा लगेर बन्धक बनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ । जाहेरवालासँग उनले १४ लाख ८० हजार रुपैयाँ लिएका थिए ।
अमेरिका सपना देखाएर उनीहरूले ८० लाखसम्म लिने गरेको पीडितहरू बताउँछन् ।



