Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

मंसिर महिनामा ८३ हजार ९ सय ३३ जना नेपाली विदेशिए

मंसिर महिनामा ८३ हजार ९ सय ३३ जना नेपाली विदेशिए

मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । आजभोलि कामको खोजीमा विदेशिने नेपालीको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ ।

    वैदेशिक रोजगारीको इतिहासमा चालु आवको मंसिरमा ८३ हजार ९ सय ३३ जना विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    images

    विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कामको खोजीमा ३ लाख १७ हजार नेपाली बिदेशिएका छन्। यीमध्ये मंसिरमा सबैभन्दा धेरै ८३ हजार ९ सय ३३ जना नेपाली विदेशिएका हुन् ।

    चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये ८५ प्रतिशतभन्दा बढी खाडीका देश गएको विभागको तथ्यांक छ।

    चालु आवको मंसिरसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख १७  हजार पुगेको छ। गत आर्थिक वर्षको पाँच महिनामा २ लाख ७८ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए।

    गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। चालु आर्थिकमा करिब आठ लाख वैदेशिक रोजगारीमा जाने विभागको अनुमान छ ।

    नेपालीहरू कामको खोजीमा ९६ देश पुगेको तथ्यांकमा उल्लेख छ । भने सबैभन्दा धेरै मलेसिया, साउदी, यूएई र कतार लगायत खाडी मुलुक गइरहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार