Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

सोमवार, पौष ८ २०८१
  • काठमाडौं। नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

    चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    images

    गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता रु ५९ अर्ब ९८ करोडको तुलनामा चालु आवमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

    त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३० दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताए ।

    उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान रु छ अर्ब ७५ करोड, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल रु ४४ अर्ब आठ करोड वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार