Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जानेको संख्या ह्वात्तै बढेको छ ।

    पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए ।

    images

    त्यसपछि वर्षहरूमा क्रमशः वृद्धि भइरहेको छ । २०७७/७८ मा १ हजार ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै २०७८/७९ मा ५ हजार २ सय ६, २०७९/८० मा ७ हजार १ सय ८६ र २०८०/८१ मा ह्वात्तै बढेर १३ हजार ३ सय ३२ नेपालीले क्रोएसियाको नयाँ श्रम स्वीकृति लिएका छन् ।

    गत आव ९५ हजार ३८ जनाले नयाँ श्रम स्वीकृति लिँदा पहिलो नम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि २० हजार ८ सय ५३ जना छन् भने दोस्रो नम्बरमा क्रोएसिया छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार