Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको नयाँ नेतृत्व चयनका लागि ५ जना आकांक्षी (नामावलीसहित)

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको नयाँ नेतृत्व चयनका लागि ५ जना आकांक्षी (नामावलीसहित)

बुधवार, जेठ २ २०८१
  • काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । उक्त एशोसियसनको निर्वाचन यहीँ जेठ ५ गते काठमाडौं हुने भएको हो । 

    नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनको नयाँ नेतृत्व चयनका लागि पाँचजनाले आकांक्षा देखाएका छन् । 

    images

    आकांक्षीहरुमध्ये वर्तमान प्रथम उपाध्यक्ष रमेश राई, तृतीय उपाध्यक्ष दीपक थापा, तारानाथ अर्याल, भवानी निरौला र भुवनसिंह गुरूङ रहेका छन् । 

    त्यस्तै अन्य पदका आकांक्षीहरुमध्ये प्रथम उपाध्यक्षमा सेमन्तराज न्यौपाने र विनोदजंग केसी रहेका छन् । महासचिव र सचिव पदमा क्रमशः लक्ष्मण पौडेल र अमरप्रकाश तिवारीले दाबी प्रस्तुत गरेका छन् । 

    दुई वर्ष कार्यकाल रहने एशोसिएसनको कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । 

    साधारण सभापछिको निर्वाचनले १९ जनाको निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार