Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल आइपुगे भुटानी राजा जिग्मे

नेपाल आइपुगे भुटानी राजा जिग्मे

शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौँ आइपुगेका छन् ।  उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन  गर्दै छन् ।

    प्रहरी स्रोतका अनुसार उनले आज स्वयम्भूको दर्शनका लागि जाने छन् । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।

    images

    दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।

    उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार