Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेसनल लाइफ लुम्बिनीका सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सयभन्दा बढी अभिकर्ता सम्मानित

नेसनल लाइफ लुम्बिनीका सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सयभन्दा बढी अभिकर्ता सम्मानित

आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सयभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ । कार्यक्रममा सीईओ खत्रीले अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरेका हुन् । अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता थियो ।

    images
    National-Life-(2)-1733055555.jpg

     

    कार्यक्रममा लुम्बिनी प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि  गरियो ।

    समारोहमा सीईओ खत्रीले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान गरिँदै आएको बताए । यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार