Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हङकङमा रहेको नेपाली परिवारमा झगडा हुँदा बुबाको मृत्यु, ३२ वर्षीय छोरा पक्राउ

हङकङमा रहेको नेपाली परिवारमा झगडा हुँदा बुबाको मृत्यु, ३२ वर्षीय छोरा पक्राउ

आइतवार, बैशाख ३० २०८१
  • हङकङको युनलङस्थित पिङफाइ पथमा रहेको आवासीय फ्ल्याटमा बसोबास गर्ने एक परिवारमा झगडा हुँदा बुबाको मृत्यु भएको छ भने हत्या आरोपमा छोरा पक्राउ परेका छन्।

    साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले उक्त परिवार नेपालीको भएको र बेरोजगार छोराले पैसाको निहुँमा बाबुसँग झगडा गर्दा घटना घटेको उल्लेख गरेको छ। घटना गएरातिको हो। दुई छोरा र श्रीमतीसहित बस्ने मृतक निर्माण क्षेत्रमा काम गर्थे। ५० वर्षीय मृतकको टाउकोमा ८ सेन्टिमिटर गहिरो चोट लागेको छ।

    images

    राति एक बजे प्रहरीलाई घटनाबारे अवगत गराइएको थियो। तत्काल घटनास्थल पुगेका प्रहरीले उनलाई बेहोस अवस्थामा युनलङको पोकओइ अस्पताल लगेका थिए। अस्पतालले उनलाई साढे दुई बजे मृत घोषित गर्‍यो। बाबुसँग झगडा गर्ने ३२ वर्षीय पुरुष मृतकका जेठा छोरा हुन्।

    ‘झगडाको क्रममा जेठो छोराले बुबालाई शारीरिक रूपमा आक्रमण गरेको थियो,’ युनलङका सहायक जिल्ला कमान्डर क्वान चुन–हिमलाई उद्धृत गर्दै एससीएमपीमा उल्लेख छ, ‘प्रारम्भिक जाँचले टाउकोको चोटका कारण मृत्यु भएको विश्वास गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण फरेन्सिक रिपोर्टपछि मात्रै थाहा हुन्छ।

    ‘बाबु–छोराबीचको सम्बन्ध, आर्थिक विवाद र दुवैको मानसिक अवस्था लगायत विभिन्न कोणबाट झगडाबारे अनुसन्धान गरिनेछ,’ क्वानले बताए। बाबु–छोराबीच यसअघि झगडाको कुनै रेकर्ड नभएको पनि क्वानले बताएका छन्।

    यस्तै, स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले लेखेको छ, ‘बुबाले आफ्नो पर्स चोरेको आरोप छोराले लगाएका थिए। यही विवादले झगडाको रूप लिएको थियो। ब्लक बी लियङ चोइ बिल्डिङमा बस्ने उनीहरू नेपाली हुन्।’ थप अनुसन्धानका लागि प्रहरीले आरोपितलाई हिरासतमा राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार