Nov 08 2026 | २०८३ कार्तिक २३ गते

अमेरिका पठाउने भन्दै झुक्याएर केन्यामा ९ महिना बन्धक बनाउने तीन जना पक्राउ

अमेरिका पठाउने भन्दै झुक्याएर केन्यामा ९ महिना बन्धक बनाउने तीन जना पक्राउ

बैदेशिक रोजगार पोस्ट
शनिवार, बैशाख २९ २०८१
  • काठमाडौं । आकर्षक तवका साथ अमेरिका र क्यानडामा काम लगाइदिने भनी झुक्याएर केन्या पु¥याई ९ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १० जनाको संख्यामा रहेका पिडीतहरु नेपाल फर्किएर उजुरी हालेपछि सिन्धुपाल्चोकको साविक कर्थलीकी ङिमबुटी शेर्पा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि निमा शेर्पाका साथै सिन्धुपाल्चोक भोटेकोशी –२ का टासी शेर्पाको यस्तो आपराधिक कर्म सतहमा आएको हो । 

    342257371america.jpg
    undefined

    साढे ५ करोड रुपैयाँ लिएर उनीहरुले १० जना युवाहरुलाई अमेरिका पठाउने भन्दै केन्या पु¥याएर बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए । ङिमबुटी शेर्पाले आफ्ना श्रीमान दावा तथा टासी शेर्पाले आफ्ना छोरालाई अवैध बाटोबाट अमेरिका पठाएको बताउँदै जान चाहनेलाई फुड प्याकिङमा अमेरिका पठाउने र मासिक ४ लाख आम्दानी हुने प्रलोभन देखाएर युवाहरुलाई विश्वासमा लिएको प्रहरीको भनाइ छ ।

    images

    एउटै घरमा रेष्टुरेन्ट, ब्युटीपार्लर तथा चिया पसलसमेत सञ्चालन गरी ङिमवुटी शेर्पाले सोही स्थानमा पीडितहरुलाई बोलाइ कुराकानी तथा कारोबार गर्ने गरेको तथा अन्य गिरोहका मानिसहरुलाई समेत सोही स्थानमा भेटी कुराकानी तथा रकमको कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । उनीहरुले पीडितहरुबाट भिसा निकाल्नका लागि सुरुमा ५ लाख रुपैयाँ लिएको र त्यसको २–३ दिनपछि भिसा आइसक्यो भनेर टिकट काट्नका लागि फेर ५–७ लाख, डलर साट्न ५ लाख रुपैयाँ लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको खुल्न आएको जानकारी एसएसपी भट्टराईले दिए ।

    केन्याको राजधानी नैरोबीसम्म पु¥याएपछि अफ्रिकन मूलका एजेन्टले नेपाली युवाहरुलाई लिन आएका थिए । ट्याक्सीमा राखेर उनीहरुलाई केन्याको जिम्मारमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा ६ महिनासम्म राखिएको थियो । उक्त घरमा पुग्ने बित्तिकै पीडितहरुबाट  २–३ सय डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर गएको खुलेको प्रहरीको भनाइ छ । काम हुँदैछ भन्दै उनीहरुलाई ६ महिनासम्म विश्वासमा दिलाउँदै राखिएको थियो । 

    प्रहरीले दुःख दिन्छ भन्दै बेलाबेलामा कोठा समेत एजेन्टहरु सार्ने गरेको पीडित युवाहरुले बताएको प्रहरीको भनाइ छ । नैरोबीकै अर्को किनुमा थप २–३ महिना बन्धक गराएपछि बल्ल ‘पछि प्रहरीले समात्छ’ भन्दै उनीहरको पासपोर्ट भने पीडित युवाहरुलाई नै एजेन्टले फिर्ता गरिदिएका थिए । पीडितहरुले पासपोर्ट प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाएर तिरेको र हवाई टिकटसमेत आफैंले काटेर नेपाल फर्किएको प्रहरीले बताएको छ ।

    दलालहरुले अमेरिका पु¥याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिकोमध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको र उक्त गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्यालगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाइ राखिरहेको र उनीहरुबाट ७ करोड ५० लाख रकम लिएको खुल्न आएको जानकारी एसएसपी भट्टराईले दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार