काठमाडौं । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिबेशनले दिपक पाण्डेलाई अध्यक्ष चुनेको छ । अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट महासचिवमा प्रतीक पोखरेल चुनिएका छन् । सोही अधिवेशनले सहित ३५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको छ । अष्ट्रेलियाको क्यानवेरामा सम्पन्न भएको अधिवेशनमा विभिन्न राज्यबाट अधिवेशनमार्फत आएका प्रतिनिधिहरुबीचबाट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको जानकारी कपिल पाण्डेले दिए ।



